जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : सांसद बर्तौला

<span class='c1'>जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति</span> <span class='c2'>आइरहेको छ : सांसद बर्तौला</span>

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।

आज(सोमबार) प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए ।

उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको छ । तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरु आइरहेका छन् । गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो । यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौ । जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरु, जादुवाला नम्बर भएकाहरुबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो ।’

यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन् भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्