विराटनगर महानगरका सवारी चालकको चालचलन बिग्रीएको आशंका

<span class='c1'>विराटनगर महानगरका  सवारी</span> <span class='c2'>चालकको चालचलन बिग्रीएको आशंका</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललाई भने–चालकहरुको दैनिक बिहान १० बजे मापसे चेक गर्नुपर्ने देखियो । त्यहिबेला सँगै उभिएका विराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले भने–१० बजे चेक गरेपछि १२ बजेलाई समय मिलाउँछन् । विषय सामान्य भएपनि महानगरपालिकाका चालकले अनुशासन पालना नगरेको भन्ने आशयको थियो ।

यो गफ हुनुभन्दा अगाडी अटिजम स्कुल प्रमुख रस्मी निरौलाले मेयर कोइरालासँग आग्रह गरिन्–अटिजम स्कुलको गाडी चलाउने चालक तुरुन्तै फेरिदिनु, आज बिहान पनि उहाँ नै पुग्नु भएको थियो । त्यसपछि सँगै उभिनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई चालक शैलेश पुडाशाहीलाई अटिजम स्कुलको सवारीबाट तानेर शव वहानको चालक बनाउन वा जडेडामा राख्न मेयर कोइरालाले आग्रह गरेका थिए । त्यस अनुसार पुडाशैलीलाई तानिएका छन् । उनका ठाउँमा सुभम भुजेल पठाइएका छन् ।

महानगरपालिकाका चाकलहरुले अनुशासन उल्लंघन गर्ने गरेको सूचना मेयर कोइरालासँग यस अगाडी पनि पुगेको थियो । महानगरपालिका अन्तर्गत अहिले २७ जना चालक छन् । जसमा महानगरपालिका भित्र प्रशासन तथा प्रमुख–उपप्रमुखका सवारी, ट्रिटमेन्ट प्लान्ट, एम्बुलेन्स, शव वहान, दमकल, सफाई समेतका सवारी चलाउने हुन् । चालकहरु अनुशासनहिन भएकोले कार्यालय समयमा मापसे परीक्षण गर्नुपर्ने भयो भन्ने प्रमुख कोइरालालको भनाई अनुसारको काम भने सुरु गरिएको छैन । महानगर नगर प्रहरी निरीक्षक राजन पौडेलले त्यो विषय आफूलाई जानकारी नभएको बताए । प्रशासन प्रमुख अर्जुन थपलियाले नियमित हेरफेर बाहेक चालकको चालचलनको विषय लिएर नगरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्