कोशी प्रदेशमा लागू औषध विरुद्ध सचेतना अभियान

<span class='c1'>कोशी प्रदेशमा लागू औषध</span> <span class='c2'>विरुद्ध सचेतना अभियान</span>

विराटनगर । लागू औषध तथा मदिरा दुर्व्यसनको नियन्त्रण र रोकथाममा जनचेतना फैलाउने उद्देश्यले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको ‘लागू औषध विरुद्धको ¥याली तथा कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रहरी कार्यालय मोरङ, स्थानीय तह, बिराट टिचिङ अस्पताल लगायतका सरोकारवाला निकायहरुको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रम बिहानको ¥यालीबाट सुरु भई बिराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सभाहलमा कार्यशाला गोष्ठीमार्फत सम्पन्न भएको हो ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी तथा सर्वसाधारण गरी पाँच सयभन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक कोपिला चुडालले ‘लागू औषध तथा मदिरा नियन्त्रण’ विषयक प्रस्तुति दिँदै यो समस्याको गम्भीर पक्ष, यसको सामाजिक प्रभाव र नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी दिएकी थिइन् ।

प्रहरी तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा कोशी प्रदेशमा लागू औषध सम्बन्धी अपराधमा उल्लेख्य वृद्धि भएको देखिन्छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, गत वर्ष मात्रै प्रदेशभर लागू औषध सम्बन्धी १ हजार १ सय ५ मुद्दा दर्ता भएका थिए, जुन अवस्था चिन्ताजनक रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्