बाल यौन दुर्व्यवहार आरोपमा विराटनगरको जनता स्कुलका एक शिक्षकलाई एक वर्ष कैद

<span class='c1'>बाल यौन दुर्व्यवहार आरोपमा विराटनगरको जनता</span> <span class='c2'>स्कुलका एक शिक्षकलाई एक वर्ष कैद</span>

विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरको जनता नमूना माध्यमिक विद्यालयका एक शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ।

विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो।

जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले बुधबार शिक्षक भगतलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गरेर सजाय तोकेको स्रेस्तेदार मणि पोखरेलले जानकारी दिए। विराटनगर–२ कै बासिन्दा ५८ वर्षीय शिक्षक भगत अबको दुई वर्षपछि अनिवार्य अवकाशमा जान लागेका शिक्षक समेत हुन्। प्राथमिक तहका शिक्षक भगतले आफ्नै विद्यालयमा अध्ययनरत नाबालिकालाई यौनजन्य दुर्व्यवहार गर्ने गरेको आरोपसहित उजुरी आएपछि प्रहरीले गएको फागुन महिनामा पक्राउ गरेको थियो।

गएको चैत १५ मा मोरङ जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। त्यसपछि चैत १७ मा भएको प्रारम्भिक सुनुवाइका क्रममा भगत धरौटीमा छुटेका थिए। प्रारम्भिक सुनुवाइका क्रममा धरौटीमा छुटेका उनलाई अदालतले अन्तिम आदेशमा भने दोषी ठहर गरेको हो। वैशाख ३० मा जिल्ला अदालतले उनीमाथिको कसुर ठहर गरेको थियो। बुधबार भने उनीमाथि सजाय तोकिएको हो।

जिल्ला अदालतबाट दोषी ठहर भएका भगतसँग माथिल्लो अदालत जाने बाटो भने खुला नै हुनेछ। त्यसैले सो अवधिभरि उनी पक्राउ भने पर्ने छैनन्।

सांकेतिक : फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्