देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : अध्यक्ष प्रचण्ड

<span class='c1'>देश माओवादीमय र प्रचण्डमय हुने अवस्था</span> <span class='c2'>देखिरहेको छु : अध्यक्ष प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका वृद्धवृद्धाहरु, युवायुवतीहरु र बालबालिकाहरु एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन् ।

‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटि फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको बताएका हुन् ।

उनले भने,‘यो देशका वृद्धवृद्धाहरु, युवायुवती र बालबालिकाहरु पनि एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको छ । देश माओवादीमय, स्वतन्त्रमय बन्दै गएको छ । हामी ०६४ जस्तै देश माओवादीमय हुने र प्रचण्डमय अवस्था देखिरहेको छु । निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा वा प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम अभिभारा दिन नेपाली जनता तयार भएको महशुस गरेको छु ।’साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।

उनले अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीविहरु लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्