हलेसी तुवाचुङमा ५९९ औं विटिसी आधारभूत स्काउट तालिम सुरु

<span class='c1'>हलेसी तुवाचुङमा ५९९ औं विटिसी</span> <span class='c2'>आधारभूत स्काउट तालिम सुरु</span>

खोटाङ । कोशी प्रदेशको आयोजना एवं सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा ५९९ औं विटिसी
स्काउट आधारभूत तालिम आज (सोमबार) हलेसी तुवाचुङ नगरपालिकामा उद्घाटन भएको छ।

हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिमले शिक्षा क्षेत्रमा स्काउटिङको महत्वलाई थप बढावा दिने अपेक्षा गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका-१०, अर्खौले, खोटाङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा संचालन हुने यस तालिममा विभिन्न सामुदायिक माध्यमिक विद्यालयका २७ जना शिक्षकहरुको सहभागिता रहेको छ।

प्रदेश स्काउट कार्यालयको आयोजनामा भएको तालिमको कोर्ष लिडरको जिम्मेवारी सहायक राष्ट्रिय प्रशिक्षक श्री नारायण श्रेष्ठले सम्हालेका छन्। प्रदेश शैक्षिक पद्धति आयुक्त (महिला) सिवानी देवानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय स्काउट तदर्थ समिती संयोजक नवीन चाम्लिङ राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको संचालन स्काउट लिडर स्नेहा राईले गर्नुभएको थियो। यस तालिमले शिक्षकहरुलाई स्काउटिङका आधारभूत सिपहरु प्रदान गर्ने र विद्यालयमा स्काउट गतिविधिहरुलाई थप प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्