नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले नेपाल–भारत युवा उद्यमी सम्मेलन गर्ने

<span class='c1'>नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले</span> <span class='c2'>नेपाल–भारत युवा उद्यमी सम्मेलन गर्ने</span>

विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा नेपाल–भारत युवा उद्यमी सम्मेलन हुने भएको छ।

झापास्थित होटल मेची क्राउनमा आगामी जेठ २५ गते बिहान ११ः०० बजेदेखि एक दिने उद्यमी सम्मेलन हुने भएको हो।

उक्त सम्मेलनमा नेपाल र भारतका युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य दुई देशका युवा उद्यमीहरूबीच अनुभव र सीप आदानप्रदान, व्यावसायिक नेटवर्किङ, र दीर्घकालीन सहकार्यको सम्भावनालाई मूर्तरूप दिनु रहेको आयोजकले जनाएको छ। सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला (वर्कसप) तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज, स्टार्टअप र नवप्रवर्तन विषयमा गहन छलफल हुनेछ।

नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष शुभम भट्टराईका अनुसार, “यो सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा स्रोतको सदुपयोग, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवद्र्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुयार्उने विश्वास गरिएको छ।”

उक्त कार्यक्रमले नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्माता, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने र भविष्यका लागि सहकार्यका ढोका खोल्ने सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उक्त सम्मेलनले नेपाल–भारतबीचको युवा उद्यमशीलता सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक नयाँ कदम अघि बढाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्