नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

<span class='c1'>नेप्से परिसूचकमा दोहोरो</span> <span class='c2'>अङ्कको सुधार</span>

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर ७७ हजार ३१६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५८ करोड ६० लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा जीवन बीमा समूह शून्य दशमलव २४, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८८, विकास बैंक एक दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन शून्य दशमलव ८१ र जलविद्युत् समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै लगानी शून्य दशमलव ०३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ११ र व्यापार समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्