फोरनेशन्स इन्टरनेशनलले विराटनगरका कलाकारहरूलाई सहयोग गर्ने

<span class='c1'>फोरनेशन्स इन्टरनेशनलले विराटनगरका</span> <span class='c2'>कलाकारहरूलाई सहयोग गर्ने</span>

विराटनगर । शिक्षा तथा भिसा सेवामा कार्यरत फोरनेशन्स इन्टरनेशनल विराटनगर शाखाले स्थानीय संगीत कलाकारहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गत जेठ ९ गते सार्वजनिक भएको 'आजाद पंछी' म्युजिक भिडियोको एजुकेशन पार्टनरको रुपमा रहेको फोरनेशन्स इन्टरनेशनलले आगामी दिनहरूमा समेत विराटनगरका ब्याण्ड र म्युजिसियनहरूलाई सहयोग गर्ने फोरनेशन्स इन्टरनेशनल विराटनगर शाखाका रंजन चौलागाईले बताए।

चौलागाईले स्थानीय कलाकारहरूको प्रतिभालाई प्रोत्साहन गर्न र उनीहरूका कलात्मक कार्यहरूलाई समर्थन गर्न संस्था सधैं तत्पर रहेको जानकारी दिए। यस्तो सहयोगले स्थानीय संगीत उद्योगको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अष्ट्रेलिया-आधारित यो संस्थाले शिक्षा र करियर परामर्शका साथै कलाक्षेत्रका युवाहरूलाई समेत प्रोत्साहन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्