स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

<span class='c1'>स्वास्थ्य बिमाको बाँकी रकम</span> <span class='c2'>एक वर्षभित्र भुक्तानी गरिने</span>

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताउनुभयो । गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई रु सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ । बीमितलाई फरकफरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।” त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्