‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’ (बजेट हाइलाइट)

<span class='c1'>‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन</span> <span class='c2'>बढाइएको छ ’ (बजेट हाइलाइट)</span>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको बताएका छन् ।

आर्थिक वर्ष २०८२।८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालु खर्चलाई सीमाभित्र राखिए पनि सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको बताएका हुन् ।

यनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सिमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ ।’ साथै उनले अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२।८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरे । उनले यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए ।

उनले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ । आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ । होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ । आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ । जसमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्