स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने

<span class='c1'>स्थानीय तहको निर्वाचनका लागि मोरङमा</span> <span class='c2'>३०६ मतदानस्थल कायम गरिने</span>

मोरङ, ७ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए । पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ ।
उहाँका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच÷पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई÷दुई जहदा र कटहरी गाउँपालिका तीन÷तीन, ग्रामथान र कानेपोखरी गाउँपालिका एक/एक त्यस्तै रतुवामाई नगरपालिका तीन, बेलबारी नगरपालिका चार, लेटाङ भोगटेनी नगरपालिका तीन, रङ्गेली नगरपालिका दुई, पथरी शनिश्चरे एक, मिक्लाजुङ गाउँपालिकामा एक मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका, आठ गाउँपालिकासहित १७ स्थानीय तह छन् । नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट एक प्रमुख, एक उपप्रमुख तथा प्रत्येक वडाबाट एक अध्यक्ष र एक महिलासहित चारजना सदस्य निर्वाचित हुने व्यवस्था छ । पुर्बेली न्युजमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्