२ सय ३१ नेपालीहरु विदेशी जेलमा, १९ जनालाई मृत्युदण्ड सजाए

<span class='c1'>२ सय ३१ नेपालीहरु विदेशी</span> <span class='c2'>जेलमा, १९ जनालाई मृत्युदण्ड सजाए</span>

काठमाडौं चैत ७,  

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका दुई सय ३१ नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन्। हत्या, लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा २ सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन्। प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, यूएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना गरी २ सय ३१ जना नेपाली जेलमा छन्। कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ वर्षे जेल सजाय काटिरहेका छन् भने सात जनाको मुद्दा अदालती प्रक्रियामा छ। कुवेतको जेलमा रहेका नेपालीको पुनरावेदन र फैसला हुन बाँकी मुद्दाका लागि वकिलको दस्तुर मात्रै दुई करोडभन्दा बढी लाग्ने जानकारी उनले दिए। यसैगरी साउदी अरबको जेलमा रहेका ७६ जनामध्ये एकजनासँग ब्लडमनी लिन सहमति भए पनि रकम भने तोकिएको छैन । मलेसियाको जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ। एकजनालाई जन्मकैदको सजाय तोकिएको छ। एक जनालाई भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ। कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र यूएईमा १ जनालाई मृत्युदण्डको फैसला भइसकेको छ। अन्नपूर्ण पोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्