७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा

<span class='c1'>७ बुँदे माग राख्दै सार्वजनिक</span> <span class='c2'>यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा</span>

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आज (आइतबार) माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

आज यातायात सम्बन्धि ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो ।

समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ । प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।

उनले भने,‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भईसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथिहरुलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’साथै उनले पटक पटक सरकारसँग गरेका मागहरु र सर्वाेच्चको गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।

संघर्षका कार्यक्रमका मागहरु यस्ता छन् :
१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथासिघ्र लागुगरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्