सुनका गहना र नगद लिई ठगी गर्ने पक्राउ

<span class='c1'>सुनका गहना र नगद</span> <span class='c2'>लिई ठगी गर्ने पक्राउ</span>

काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सो बापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ तथा सोही ठाउँको वडा नं १२ बस्ने २६ वर्षीय दानबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाले सोमबार काठमाडौँका विभिन्न स्थानमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सो बापत रकम दिउँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।”

निजहरुको साथबाट प्रहरीले रु १० को नेपाली रुपैयाँ एक सय थान तथा दुई मोबाइल सेट बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको र हालसम्म निजहरूका विरुद्ध १० वटा जाहेरीसमेत पर्न आएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्