मोरङको ग्रामथानमा ह्युम पाईपमा लुकाईराखेको अवस्थामा गाँजा बरामद

<span class='c1'>मोरङको ग्रामथानमा ह्युम पाईपमा</span> <span class='c2'>लुकाईराखेको अवस्थामा गाँजा बरामद</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ७ कलाबन्जार स्थित ‘ह्युम पाईप’ मा लुकाएर राखेको अवस्थामा मोरङ प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बुधबार दिउसो कलाबन्जार चोकमा रहेको ह्युम पाईपबाट ३४७.११० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


गाँजा ओसार पसारमा संलग्न भएको आरोपमा प्रहरीले भारतीय नागरिक ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामतलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्