बिराटनगरबाट लागूऔषधसहित ६ युवक पक्राउ

<span class='c1'>बिराटनगरबाट लागूऔषधसहित ६</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, चैत्र ८

बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी बाह्रघरे ३ महेन्द्रनगर १८ बर्षिय तेज बहादुर राई र १७ बर्षिय जित राईलाई ३ सय २० एम्पुल नाईट्रोसन ट्याब्लेटसहित पक्राउ गरिएको हो।

त्यस्तै सुनसरी धरान ७ शान्ती पथ बस्ने १७ बर्षिय दिवश राईलाई ६६ एम्पुल एभिल, डाईजेल्याप र लुपिजेसिकसहित पक्राउ गरिएको हो।

यसैगरी धरान २२ बस्ने २० बर्षिय मिलन परियार, २२ बर्षिय सुमन तामाङ र मोरङ लक्ष्मिमार्ग ५ बस्ने २४ बर्षिय शंकर राईलाई १ सय ४० एम्पुल लागुऔषधसहित पक्राउ गरिएको छ।

बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

भारतिय बजारबाट नेपालतर्फ पैदल आँउदै गरेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो।

पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्