ट्राफिक चेकजाँचका नाममा दुर्व्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

<span class='c1'>ट्राफिक चेकजाँचका नाममा दुर्व्यहार गर्ने काम</span> <span class='c2'>भइरहेको छ : मुख्यमन्त्री सिंह</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुर्व्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् ।

बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्‌दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे ।

उनले खासगरी एउट जिल्‌लाबाट अर्को जिल्‌ला जाने क्रममा एक किलोमिटर भन्दा कम दुरीमा दुई–दुई पटक चेकिङ्ग गर्ने गरेकाले यस्तो नगर्न ट्राफिक प्रहरीहरुलाई सुझाव दिए । उनले पासो थापेको जस्तै गस्ती लगाएर दुर दराजका इलाकाहरुमा गाडिहरुको अनावश्यक चेकिङ्ग गर्ने गरेको यात्रुहरुले कयौं पटक गुनासो गरेको बताए । उनले व्यस्थित रुपमा रुट निर्धारण गरेर चेकजाँच गर्न ट्राफिक ईन्चार्जहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अभिभावकहरुलाई आफ्‌नो छोराछोरीलाई उमेर नपुगेसम्म लाइसेन्स बिना सवारी साधन चलाउन नदिन आग्रह गरे । संसारमा मानिसको ज्यान भन्दा महत्वपूर्ण केही नभएको भन्दै उनले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सुझाव दिए । मुख्यमन्त्री सिंहले सबैजनालाई सडकको नियम पालना गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्