-अस्मिता साह
किन हुँदैन कोही सुन्ने,
मनका मेरा पीर बुझ्ने?
वर्षौंको अनुभवहरू,
सालौँको मेहनतहरू।
कुनैको छैन, कोही मूल्य,
सिफारिसको अगाडि सब शून्य।
कति मेहनत खेर गए,
सपना मेरा फेरि मरे।
काम बोल्न नसक्ने हुँदा,
नाम र नाता अगाडि पर्दा,
जसले जित्छ उसले पायो,
तर न्याय कतै हरायो।
तर म त चुपचाप हेरिरहन्छु,
मनभित्र पीडा सेरिरहन्छु।
न्यायको आशामा दिन कट्छ,
तर भित्री चीसोले रात बित्छ ।