विद्यार्थीहरु होसियार : भारतका २३ विश्वविद्यालय, २७९ कलेज नक्कली !!

<span class='c1'>विद्यार्थीहरु होसियार : भारतका २३</span> <span class='c2'>विश्वविद्यालय, २७९ कलेज नक्कली !!</span>

नयाँ दिल्ली – के तपाईं भारतमा उच्च शिक्षाका लागि जाने सोच्दै हुनुहुन्छ ? यदी त्यस्तो योजना बनाइरहनु भएको छ भने एक पटक ध्यान दिनुहोला किनभने यति बेला भारतमा नक्कली विश्वविद्यालय र कलेजको विगविगी रहेको पाइएको छ ।

यस्ता कलेजहरु सबैभन्दा बढी राजधानी नयाँ दिल्लीमा रहेको छ । त्यहाँ त्यस्ता ६६ वटा कलेजहरु रहेका छन् । अनुमति नै बिना भारतभर २ सय ७९ प्राविधिक कलेजहरु सञ्चालन भइरहेको एक रिपोर्टले जनाएको छ ।

त्यस्ता कलेजहरुसँग विद्यार्थीहरुलाई डिग्री प्रदान गर्ने अधिकार नै छैन । उनीहरुले दिएको सर्टिफिकेट मात्र कागजको टुक्रा मात्र हुनेछ ।

युनिभर्सिटी ग्रान्ट कमिसनका अनुसार दिल्लीमा देशभर रहेका २३ मध्ये ७ वटा नक्कली विश्वविद्यालयहरु रहेका छन् ।

युजीसी र अल इन्डिया काउन्सिल फर टेक्निकल एजुकेसन (एआइसिटीइ) को वार्षिक प्रतिवेदनमा त्यस्ता विश्वविद्यालयहरुको सूची नै तयार गरिएको छ जसलाई उनीहरुको वेबसाइटमा राखिएको छ ।

त्यस्तै तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र महाराष्ट्रमा पनि धेरै संख्यामा नक्कली विश्वविद्यालय र कलेजहरु रहेका छन् ।

संचालनको अनुमति नलिएका त्यस्ता कलेजलाई कारवाहीको प्रक्रिया पनि शुरु गरिएको दुई संस्थाले जनाएको छ ।

-रातोपाटिबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्