१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

<span class='c1'>१३ वर्षीया नेपाली</span> <span class='c2'>किशोरीको सीमाबाट उद्धार</span>

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ ।

भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो ।

किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ।
काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन ।

किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन् ।
मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्