हिमालय ट्यालेन्ट हन्टकाे क्वाटरफाइनल सम्पन्न

<span class='c1'>हिमालय ट्यालेन्ट हन्टकाे</span> <span class='c2'>क्वाटरफाइनल सम्पन्न</span>

पुष्पराज थपलिया

विराटनगरमा ९ मा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्ड शुक्रबार सम्पन्न भएको छ ।

कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिताको क्वाटरफाइनर राउण्डबाट छनौट भई २५ जना सेमिफाइनल राउण्डमा प्रवेश गरेका कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।

कलेज परिसरमा भएको क्वाटरफाइनर राउण्डका अडिसनबाट छनौट भएका ५३ जना सहभागि रहेको कलेजले जनाएको छ ।

प्रतियोगिताको सेमिफाइन चरणको अडिसन चैत १८ गते कलेज परिसरमा हुने छ ।

प्रतियोगिताको निर्णायकहरुमा गायक सुमन श्रेष्ठ, दिपेन थापा, नृत्य निर्देशक समिक्षा कार्कीे, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठल र झोराहाट नाटक घरका अध्यक्ष भरत गुरागाईलगायत रहेका थिए ।

प्रतियोगितामा विद्यार्थीहरुले गायन, नृत्य, क्यारिकेचर, कविता र नाटकलगायतको आफुनो प्रतिभा प्रस्तुत गर्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्