दर्वेशामा दुर्घटना हुदाँ एकजनाको मृत्यु, एकजना घाईते

<span class='c1'>दर्वेशामा दुर्घटना हुदाँ एकजनाको</span> <span class='c2'>मृत्यु, एकजना घाईते</span>

रंगेली । मोरङको रंगेली–कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसा चोक नजिकै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ बबियाका ३२ वर्षीय केदार न्यौपाने रहेका छन् ।

प्रदेश १–०२–००३–२८५६ नम्बरको ट्याक्टर खेतजोतेर फर्केने क्रममा कानेपोखरीबाट रंगेली आउँदै गरेको को ३९ प ३९३२ नम्बरको मोटरसाइक ठोकिएको थियो ।

त्यस क्रममा चालक न्यौपानेको मृत्यु भएको थियो भने मोटरसाइकलमा पछाडी सवार रंगेली १ बस्ने राजन भट्टराई घाइते भएका छन् । घाईतेको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चाकल रंगेली ८ बस्ने जीवन ताजपुरीया फरार रहेको उनको खोजिकार्य समेत भईरहेको रंगेली प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्