रोट्रयाक क्लबको आवर विराटनगर समुहसंग अन्तरक्रिया

<span class='c1'>रोट्रयाक क्लबको आवर</span> <span class='c2'>विराटनगर समुहसंग अन्तरक्रिया</span>

बिराटनगर चैत १३ , रोट्रयाक क्लब अफ विराटनगर डाउनटाउनले आफ्नो नियमित कार्यक्रम अन्तर्गत ओबि मिडिया प्रालि संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार अाे.बि. मिडियाकाे कार्यालयमा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरुले समाज परिवर्तनमा मिडियाको भुमिका , सामाजिक संजालको उचित प्रयोग लगायतका विषयमा छलफल गरेका थिए । यसका साथै सहभागी युवाहरूले वर्तमान अवस्थामा अनलाइन मिडियाको अस्तित्व तथा रोट्रयाक क्लबले गर्ने काम कारबाहीको बारे समेत अन्तरक्रिया गरेका थिए

अन्तरक्रियामा राेट्रयाक्ट क्लबका सदस्यहरूले अाे.बि. मिडिया प्रालिले संचालनमा ल्याएकाे अनलाइन अावर विराटनगर डट नेट र यसकाे फेसबुक पेजसँग सम्बन्धित जिज्ञाशाहरू बढि मात्रामा राखेका थिए । उनीहरूले यसकाे निश्पक्षता र समसामायिकताकाे बारेमा गरेकाे प्रश्नकाे उत्तर अाेबिका निर्देशक विवेक दाहाल तथा सम्पादक सराेज कार्कीले दिएका थिए ।

[caption id="attachment_30555" align="aligncenter" width="640"]अाेबीका प्रबन्ध निर्देशक विवेक दाहाललाइ मायाकाे चिनाे हस्तान्तरण गर्दै क्लबका अध्यक्ष नविन भट्टराइ । अाेबीका प्रबन्ध निर्देशक विवेक दाहाललाइ मायाकाे चिनाे हस्तान्तरण गर्दै क्लबका अध्यक्ष नविन भट्टराइ ।[/caption]

कार्यक्रममा राेट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष नबिन भट्टराइ, उपाध्यक्ष नुतन थापा, काेषाध्यक्ष रन्जित भगत, अावर विराटनगरका गाेकुल कार्की, सराेज लम्साल, प्रेम देवान लगायतकाे उपस्थिति रहेकाे थियाे । करिब ३ घण्टा चलेको उक्त कार्यक्रमकाे संयाेजन तथा संचालन क्लबका कम्युनिटि डाइरेक्टर माेहम्मद जाकिर राजाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्