विराटनगर । गत जेठ २८ गते विराटनगर महानगरपालिका २ हिमालय बैंक अगाडी पार्किङबाट हराएको मोटरसाइकल बिहीबार कटहरीबाट बरामद भएको छ ।
को ३९ प ४१५० नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल खोजतलास गर्ने क्रममा बिहीबार साँझ ५ बजे बेलबारी नगरपालिका ६ का किसन चौधरीको साथबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार मोटरसाइकल हराएपछि हुलियासहितको निवेदन परेको थियो । चोरी गर्ने व्यक्तिको हुलियासहित प्रहरीले मोटरसाइकल खोजतलास गरिरहेको थियो ।
त्यस क्रममा कटहरी १ मा बिहीबार साँझ चौधरीले उक्त मोटरसाइकल चलाईरहेको फेला परेको थियो । पक्राउ परेका उनी विरुद्ध चोरी कसुरमा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।