विराटनगरलाइ महानगरपालिका बनाउन दबाव

<span class='c1'>विराटनगरलाइ महानगरपालिका</span> <span class='c2'>बनाउन दबाव</span>

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङले आजबाट विराटनगरलाई महानगरपालिका बनाउन दबाबमूलक अभियान सुरु गरेको छ ।
सो क्रममा उक्त पार्टीको जिल्ला कार्यसमितिले आज जिल्ला समन्वय समिति मोरङ कार्यालय अगाडि धर्ना र कोणसभा गर्दै सो विषयमा ज्ञापनपत्रसमेत बुझाएको छ । कोणसभामा बोल्ने फोरम लोकतान्त्रिक पार्टी केन्द्रीय तथा स्थानीय नेताहरुले राजनीतिक स्वार्थमा लिप्त ठूला दलका केही नेताहरुका कारण विराटनगरलाई महानगरपालिका बनाउनबाट बञ्चित गर्न खोजिएको दाबी गरेका थिए । कार्यक्रममा बोल्दै मोरङ अध्यक्ष भक्तिनाथ माझीले ठूला राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि कर्मचारीतन्त्रलाई दुरुपयोग गरेर विराटगनरमाथि अन्याय गरेको दाबी गरे ।
पार्टीका नगर अध्यक्ष पंकजकुमार वर्माले विराटनगरमा महानगरपालिका बन्ने सम्पुर्ण पूर्वाधार रहँदारहँदै उपेक्षा गरिएको विषय अाफुहरूलाइ मान्य नहुने विचार व्यक्त गरे । उहाँले दबाबमूलक कार्यक्रम निरन्तर जारी रहने र सो क्रममा धर्ना, जुलुस, मोटरसाइकल र्यालीलगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिए । सो क्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक शोभाखर रेग्मीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्