मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास !

<span class='c1'>मधेश प्रदेशसभा सदस्य सांसद ललिता</span> <span class='c2'>दासमाथि लुटपाट प्रयास !</span>

जनकपुर । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन् ।

सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकि छन् । उनले लेखेकि छन, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित । केहि महिना पहिला एकजनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थिया । आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ । कसरी बाँच्ने ?’

सांसद दासले डिएसपिलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्