इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते

<span class='c1'>इन्द्रसरोवरमा इभी गाडी दुर्घटना,</span> <span class='c2'>पाँच जना घाइते</span>

हेटौँटा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत बिहारका ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमाशंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन्।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

यस घटनापछि गाडी चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्