विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी महिला उद्यमी श्रुति शर्मा सहित ३ जना शैक्षिक क्षेत्रका व्यक्तिहरु सहभागिता जनाएका छन् । श्रुति मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् ।
नेपाल(चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित साताव्यापी सेमिनारमा नेपालसहित पाँच देशको सहभागिता रहेको जनाइएको छ । कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षाको चिनियाँ मोडेल ‘लुबान वर्कशप’ को अवधारणा, कार्यान्वयन प्रक्रिया, प्रयोगात्मक तालिम विधि, प्रविधिको उपयोग, र विद्यार्थीकेन्द्रित सिकाइ पद्धति विषयमा छलफल रहने जनाइएको छ ।
त्यस अवसरमा सहभागी प्रतिनिधिबीच शैक्षिक सहकार्य, ज्ञान आदानप्रदान र भविष्यमा संयुक्त तालिम तथा कार्यक्रमहरू सञ्चालनको सम्भावनाका विषयमा समेत छलफल भएको थियो । त्यसैगरी मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकका सिभिल विभागका कोडिनेटर सन्दिप दाहाल र एभरेष्ट बोडिङ्ग स्कुलका प्रिन्सीपल टि एन भण्डारी पनि उक्त समेनिारमा सहभागी छन् ।