सुनसरी, चैत्र १५ सुनसरीको धरान- १५ मा सोमबार खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ३८ बर्षिय दल बहादुर राई रहेका छन्। उनलाई स्थानिय निराजन बस्ती बस्ने बर्ष २१ को अनिष राईले बेलुका ८ बजेतिर सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका दलबहादुरको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने अनिष राईलाई खुकुरी सहित इलाका प्रहरी कार्यालय घरानले नियन्त्रणमा लिएको छ।