पाँचथर, चैत्र १५ गते। पाँचथरको नागी-६ बस्ने ५१ बर्षिय ईन्द्र कुमार राईको सोमबार घाँसकाट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ। विहान ८ बजेतिर घाँसकाट्न भनि बरको रुखमा चढेका राई अचानक लडी गम्भिर घाइते भएका थिए। घाइते राईलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको अस्थायी प्रहरी चौकी गणेशचोकले जनाएको छ।