विराटनगरमा झारफुकको बहानामा नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने धरौटीमा छुटे

<span class='c1'>विराटनगरमा झारफुकको बहानामा नाबालिकामाथि यौन</span> <span class='c2'>दुर्व्यवहार गर्ने धरौटीमा छुटे</span>

विराटनगर । धार्मिक विश्वासको नाममा झारफुक गर्ने बहानामा एक नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति अदालतबाट धरौटीमा छुटेका छन् । झारफुक गर्ने भन्दै १५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका विराटनगर–६ निवासी ३५ वर्षीय मोहम्मद साबिरलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश गरेको हो ।

झारफुकको बहानामा बालिकालाई बारम्बार एक्लै कोठामा राख्ने, राति १० बजेपछि मात्रै झारफुक उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा बाल यौन दुव्र्यवहार कसुरमा अभियोजन दर्ता गरेको थियो ।

असार ५ गते जिल्ला अदालत मोरङमा बाल यौन दुर्व्यवहारसम्बन्धी कसुरमा दर्ता भएको अभियोगमा ६ गते न्यायाधीश उद्दव भट्टराईको इजलासले अभियुक्तलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बाल इजलासमा मुद्दाको सुनुवाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्