राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच आज एकीकरण हुँदै

<span class='c1'>राष्ट्रिय एकता अभियान र एकीकृत</span> <span class='c2'>समाजवादीबीच आज एकीकरण हुँदै</span>

काठमाडौं ।  वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ । भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो । बैठकमा संयोजक गौतमको अध्यक्षता रहेको थियो, जहाँ दुवै पक्षका शीर्ष नेताहरूबीच यसअघि नै सैद्धान्तिक समझदारी बनेको औपचारिक अनुमोदन गरिएको छ । एकतापछि पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहने बताइएको छ । साथै, नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित र सुदृढ बनाउने साझा उद्देश्यका साथ यो एकता अघि बढाइएको हो ।

 

यस एकीकरणको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा हुनेछ । उक्त सभाका लागि एकीकृत समाजवादीले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्