युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम

<span class='c1'>युद्ध र रगत बगाएर मात्र समाजवाद</span> <span class='c2'>प्राप्त हुँदैन : वामदेव गौतम</span>

काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताएका हुन् । उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन । त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा  आधारित समाजवाद भनेका छौ । हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो । त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो ।’  उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए ।

 

‘म ज्यादै खुशी भएको छु । मैले धेरै कुरा व्यक्त गर्न सक्दिन् । किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरें । तर पूरा भएको थिएन् । मेरो पार्टी अफिस स्यम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो । आज मैले भने जसरी एकीकृत भएका छौं,’ उनले भने ।कार्यक्रममा बोल्दै सम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औंल्याए । उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए ।

 

‘आज हामी चौतर्फी राजनीतिक संकट छौं । दुईवटा हात्ती जस्ता पार्टी हौं भन्नेहरु सरकारमा छन् । भर्खरै नीति कार्यक्रम ल्याए बजेट ल्याए । तर नीति र कार्यक्रममा नेपाली जनता र नेपाल राष्ट्रको हित केहीपनि छैन् । त्यसैले देश आज भयावह राजनीतिक संकटमा छ ।’ उनले नेतृत्वमा भएका मन्त्रीहरु भष्ट्राचारका खाडलमा फस्दै गएकाले देश आर्थिक संकटमा परेको समेत  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्