दमकलाई हराउदै बिराटनगरले जित्यो पहिलो म्याच 

<span class='c1'>दमकलाई हराउदै बिराटनगरले</span> <span class='c2'>जित्यो पहिलो म्याच </span>

बिराटनगर चैत्र १७ ,

मोरंगको बेलबारीमा जारी पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बिराटनगर इन्भिन्सीवल क्रिकेट क्लबले आफ्नो पहिलो जित निकालेको छ  । बुधबार भएको खेलमा बिराटनगरले बिसिसी दमक क्रिकेट क्लबलाई ७७ रनले पराजित गरेको हो । निर्धारित २० ओभरमा १४६ रङ बनाउन सफल भएको थियो  । बिराटनगरका लागि अकिब अलि अन्सारीले ३३ बलमा ४३ रन बनाएका थिए  । जवाफी ब्याटिंग गर्न आएको दमकले मात्रै ६९ रङ बनाउन सक्यो  । बिराटनगरका लागि अकिबले ५ विकेट लिएका थिए । अकिब नै खेलको म्यान अफ दि म्याच घोसित भए ।

प्रतियोगितामा बिसिसी दमक,बिराटनगर इन्भिन्सीवल,सुनसरी युथ क्लब इनरुवा ,होराईजन किक्रेट क्लब बिराटनगर,युनाईटेड किक्रेट क्लब बिर्तामोड,वाईसिसी किक्रेट क्लब बिराटनगर,सप्तरी ११ राजबिराज,इलाम किक्रेट एकेडेमी इलाम,इष्र्टन बुलेट किक्रेट क्लब दुहवी,बिरेन्द्रनगर किक्रेट क्लब पथरीशनिश्चरे,बेलबारी क्रिकेट क्लब बेलबारी,इन्द्रपुर किक्रेट क्लब सुन्दरहरैचा,पथरी ११ पथरीशनिश्चरे,लर्डबुद्ध क्रिकेट एकेडेमी काकडभिट्टा,इटहरी किक्रेट एकेडेमी इटहरी र सिभिसी चन्द्रगढी झापा सहभागी हुने आयोजक समितिका अध्यक्ष बिपिन आचार्यले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्