महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

<span class='c1'>महिला फुटबल टोलीका मुख्य</span> <span class='c2'>प्रशिक्षक प्याट्रिकले दिए राजीनामा</span>

काठमाडौैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् । एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।

 

एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो। कप्तानी विषयमा विवाद भएपछि एन्फाका अफिसियल टोलीले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक प्याट्रिकमाथि सबै दोष लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्