इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी विरोध प्रदर्शनमा

<span class='c1'>इन्जिनियरिङ अध्ययन संस्थानका</span> <span class='c2'>विद्यार्थी विरोध प्रदर्शनमा</span>

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । इन्जिनियरिङ अध्ययन संस्थानको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गरियोस् भन्ने नारासहित इअसंका विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताए ।

प्रदर्शनमा पुगेका विद्यार्थी कुशल कठायतले भने, ‘इन्जिजियरिङ अध्ययन संस्थानमा पढाइ ठप्प भएको १२ दिन भएको छ । यसले परीक्षा सर्ने जस्ता शैक्षिक अन्योल भएको छ । विकेन्द्रीकरणले आफ्नो अधिकारभित्र रहेर निर्णय गर्ने कुरालाई केन्द्रीकरण गर्दा शैक्षिक गुणस्तर खस्किने देखिन्छ ।’ यसैगरी अर्का विद्यार्थी उज्जल भुसालले स्वायत्त इअसं हुँदा समयमा नै परीक्षा हुने र गुणस्तरीय शिक्षा प्राप्त भइरहेको बताए ।

‘इन्जिनियरिङ अध्ययन संस्थान हाम्रो पहिचान हो । यो कसैको अनुमतिका बाँच्ने संस्थान होइन । हामी अधिकार माग्न आएका हौ । समयमा नै परीक्षा, भरपर्दो प्रशासन, गुणस्तरीय शिक्षा स्वायत्तताको कुरा गर्न आएका हौं,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्