जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई आजीवन कैद

<span class='c1'>जर्बरजस्ती करणीपछि हत्या गर्ने</span> <span class='c2'>युवकलाई आजीवन कैद</span>

इन्दु कुमारी साह

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सात वर्षीय बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २० वर्षीय युवकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार अभियुक्तले अदालतमा आफूले दोषी भएको स्वीकार गरेपछि सजाय सुनाइएको हो । आईतवार मात्र मोरङ जिल्ला अदालतमा यो मुद्दा दर्ता भएको थियो ।

 

घटना असार १४ गते बिहान ४ः४५ बजेको हो । धनपालथान ५ रंगपुर बैरियास्थित दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव फेला परेको थियो। अभिभावकसँगै सुतिरहेकी बालिका बिहान बेपत्ता भएको र खोजतलासपछि नजिकै मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले अनुसन्धानका क्रममा उनलाई बलात्कारपछि हत्या गरिएको पुष्टि गरेको थियो। अभियुक्त पीडितकी आफन्त ९काका नाता पर्ने० थिए। उनलाई ज्यान सम्बन्धी कसुर, हाडनाता करणी र जर्बरजस्ती करणी अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्