प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दै

<span class='c1'>प्रतिनिधिसभा अन्तरगत आज तीन</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ः३० बजे बस्दैँ छ ।

 

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्