विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित बाबा हल सिनेमा नजिकै पुरानो पिपलको रुख ढल्दा एक दर्जन बढी विधुतीय पोलमा क्षति पुगेको छ । आज विहान करिब २ बजेको समयमा पुरानो रुख ढल्दा १५ वटा विधुतीय पोलमा क्षति पुगेको हो ।

धेरै बर्ष पुरानो भएर ढलेको हुन सक्ने विराटनगर महानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साहले जानकारी दिए ।

विधुतको पोल ढलेको स्थानमा अहिले विधुत आपुर्ती बन्द भएको छ । हाल विराटनगर महानगरपालिकाका नगर प्रहरी , ईलाका प्रहरी कार्यालय रानीको जनपथ प्रहरीको टोली , शसस्त्र प्रहरी जुटमिलको टोलीले विजुलीका पोलहरु हटाउने काम भईरहेको छ । विहानैदेखी विधुत आपुर्ती बन्दगरी ढलेका विजुलीका पोल र तारहरु मर्मत गर्ने काम भईहरेको छ ।
