विराटनगरकाे विभिन्न वडामा माअाेवादी केन्द्रबाट काेकाे छन् आकांक्षी ?

<span class='c1'>विराटनगरकाे विभिन्न वडामा माअाेवादी केन्द्रबाट</span> <span class='c2'>काेकाे छन् आकांक्षी ?</span>

बिनु तिम्सिना

विराटनगर, १७ चैत । स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरको टुंगो लगाएको नेकपा माओवादी केन्द्रले विराटनगरको वडामा नेतृत्व छनौटमा तयारी गरिरहेको छ । वडामा खासगरी अध्यक्षका आकांक्षी धेरै देखिएपछि उम्मेदवार टुंगो लाग्न सकेको छैन ।
यस पटक माअाेवादी केन्द्रकाे उम्मेदवारका आकांक्षी पनि धेरै देखिएका छन् । गत संविधानसभाको निर्वाचनमा विराटनगरमा तेस्रो स्थानको मत प्राप्त गरेको भएपनि यसपटक निर्वाचन जित्नेगरी चुनाबी अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रको दावी छ ।
नयाँ संरचना अनुसार १९ वटा वडा भएको विराटनगरमा साविकका बुधनगर र झापा बैजनाथपुर गाविस गाभिएका छन् । उपमहानगरका १७ र १८ नम्बर वडा बाहेक अन्य वडामा आकांक्षी बढी देखिएको माओवादी स्रोतको दाबी छ ।
वडा अध्यक्षका लागि १ नम्बरमा ओम पौडेल, रेगनाथ चापागाईं, पुण्य साहले उम्मेदवारीको दावी गरिरहेका छन् भने २ नम्बरमा रेवती राई र सोनेलाल मण्डल, ३ नम्बरमा भरत ठकुरी, मोहन ढकाल र दामोदार खरेल, ४ नम्बरमा गोकुल पराजुली, गोविन्द उराउ, अग्नि गिरी, द्रोण आचार्य, कविता राई र दुर्गा न्यौपानेले अध्यक्ष बन्ने इच्छा राखेका छन् । यस्तै ५ नम्बरमा नवलप्रसाद उपाध्याय, अम्बिका पराजुली, तुलाराम घिमिरे, एकराज भट्टराई र सर्जु मण्डल, वडा नं. ६ मा मन्सुर आलम, विजय कामत, राजकुमार कामत, चम्पा कार्की, सन्तोष साह, जानुका पोखरेल आकांक्षी रहेका छन् । वडा नम्बर ७ मा बैजु भगत, शिव कार्की र पशुपति भगत दावेदार देखिएका छन् ।

वडा नं. ८ मा नवराज पोखरेल, ज्ञानु भट्टराई, सरस्वती ओझा, प्रेम खरेल, सागर रेग्मी र पप्पु खान, वडा नम्बर ९ मा मो.परवेज आलम, टीका गुरुङ र कृष्ण श्रेष्ठ, वडा नम्बर १० मा मातृका शिवाकोटी, जमुना श्रेष्ठ, सुकुमार मण्डल र रज्जी आलम, ११ नम्बर वडामा कुशेश्वर राई र विनोदकुमार साह, १२ नम्बर वडामा विष्णु कामत, अमिरलाल राजवंशी र रामवती कामत दावेदार देखिएका छन् । यस्तै वडा नम्बर १३ मा रामचन्द्र महतो, सन्तोष तामाङ, सागर डंगोल, वडा नं. १४ मा शेखर विश्वास, देवा यादव र मनोज कामत रहेका छन् । वडा नम्बर १५ मा राजकुमार दाहाल, हरेराम ठाकुर, आइतबहादुर तामाङ, कविता थापा मगर, नेत्रलाल गिरी र वीरेन्द्र धाडेवाले अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन् । वडा नम्बर १६ मा उत्तम लामा, विक्रम माझी, सुनिता शर्मा र वडा नम्बर १७ मा मुन्ना मिया, सुभाङ मिया, १८ नम्बर वडाका भुमेश्वर यादव र वडा नम्बर १९ मा काशी ऋषिदेव, भरत साह र दीपचरण ऋषिदेवले उम्मेदवारको आकांक्षा राखेको माओवादी स्रोतको दाबी छ ।

उपमहानगरपालिकाको लागि मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ । अहिले उनीहरुले नयाँ संरचना अनुसार पार्टीको वडा भेला र कार्यकर्ता भेटघाटको कार्यक्रम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्