काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् ।बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् ।
बाँस र स्थानीय उत्पादनको प्रवद्र्धनमा संघीय सरकारले ऐन तथा कानुन नबनाएको भन्दै सांकेतिक रुपमा सत्याग्रह र भोक हडतालसम्मको कार्यक्रमसहित काठमाडौंमा रहेका प्रमुख भट्टराईले वुधबार सभामुख देवराज घिमिरेलाई भेटेर बाँसका सामग्री हस्तान्तरण गरेका थिए ।बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा ंरावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे ।
‘तपाईहरुको विचार एकदमै राम्रो र पवित्रपनि रहेछ । हामीले बाँसलाई माध्यम बनायौँ भने हस्तकलालाई समृद्ध बनाउन सक्छौँ । बाँसबाट बनेका जुन सामाग्रीहरु छन् ति बहुउपयोगी छन् । बाँसबाट बनेका सामाग्रीलाई प्रवद्धर्न गर्न सक्यौं भने रोजगारी, राजस्व, प्राकृतिक विपत्तिका रोक्ने कुराहरुमा सहयोग पुर्याउन सकिन्छ । वन तथा वातावरण पर्यावरण अहिले तहस नहस बनाएको छ । अहिले गुणस्तरीय वस्तुमा सबै प्रदुषित बढेको छ । वनस्पतिदेखि मानिसको जीवन जोगाउन बाँसको आवश्यक छ,’ उनले अगाडि भने,‘बाँसको प्रयोगले ठाँउ अनुसार विभिन्न किसिमका सामाग्रीहरु बनाउन सकिन्छ । ’