संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन समितिको म्याद ७ दिन थप

<span class='c1'>संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन</span> <span class='c2'>समितिको म्याद ७ दिन थप</span>

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

 

उनले भने, ‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु । म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्