‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’

<span class='c1'>‘वर्तमान अवस्थामा सत्य र तथ्य</span> <span class='c2'>पत्रकारिता मर्दै गएको छ’</span>

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् । उनले भनिन्, ‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन् । तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु । आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन् । हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ ।’यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपि पेस्टबाट चलि रहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताईन् ।

 

उनले भनिन्, ‘कानून हाम्रो पूरानो नै छ । त्यसैगरि हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ । अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपि पेस्टबाट चलि रहेको छ । एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो । कपि पेस्टले कति असर पारेको होला त । त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्