ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड

<span class='c1'>ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा</span> <span class='c2'>मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताको प्रयासस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न आग्रह गरे पनि पार्टी जोगाउन नसकेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित निर्वासन नामक कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले नेकपा विघटनतर्फ किन पुग्यो भन्ने विषयमा खुलेर धारणा राखेका हुन् ।  ‘हामीलाई जनताले विश्वास गरेर दुई तिहाइ नजिक पु¥याइदिएका थिए,’ उनले भने, ‘तर टिकेन । प्रधानमन्त्री आलोपालो गर्ने कुराले पार्टी बिग्रिन्छ भन्ने देखेपछि मैले बैठकमा पाँचै वर्ष खानुस् भनेको थिएँ ओलीजीलाई। मैले पार्टी राम्रो बनाउने मन छ, त्यसको जिम्मा दिनुस् भनेको थिएँ ।’ प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।

 

‘अर्को हप्तामै प्रचण्डले पार्टी सिद्ध्याउने भयो भनेर पशुपतिमा होटलमा बसेर मेरो विरुद्ध हमला गर्न साँठगाँठ भएको थियो,’ उनले भने । उनले पार्टी एकता जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रयास गरिए पनि अन्ततः असफल हुनुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्