सरकारको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

<span class='c1'>सरकारको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो</span> <span class='c2'>काम हुन सकेन : नेता सिटौला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेको बताए ।


उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे । उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन् ।’ उनले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए ।


त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्