विधुत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा कोशी प्रदेश कार्यलयमा धर्ना

<span class='c1'>विधुत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा</span> <span class='c2'>कोशी प्रदेश कार्यलयमा धर्ना</span>

विराटनगर । ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राख्दै नेपाल विधुत प्राधिकरण कोशी प्रादेशिक कार्यालय विराटनगरमा कर्मचारीहरूले धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालय विराटनगरमा सोमबार ज्यालादारी कर्मचारीहरुले धर्ना दिएका हुन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशी प्रदेश समितिको अगुवाईमा साउन १२ र १३ गते धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशी प्रदेश समितिका अध्यक्ष विनोद गनगाईंले ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्नुपर्ने माग राखेर आज र भोली गरी २ दिनसम्म कार्यालयमा धर्ना कार्यक्रम रहेको बताए । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०८० साउन ३१ गते बसेको ९४० औं बैठकले देश भरी रहेका ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारीमा नियुक्ति गर्ने निर्णय गरेका थिए ।

 

२ वर्ष अगाडि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशीले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणको २०७६ को तथ्याङ्क अनुसार देशभर २ हजार ८ सय १३ जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् । सरकारले दैनिक ज्यालादारीका कर्मचारीलाई हाजिरी गरेर काम गरेको दिन ७ सय ३५ रुपैयाँ ज्याला उपलब्ध गराई रहेका छन् । तर दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति कोशीले दैनिक ज्यालादारीलाई मासिक ज्यालादारीमा नियुक्ति गरेर २५ हजार ७ सय ५० रुपैयाँ तलब दिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्