विराटनगरको ऐतिहासिक रथयात्रा भदौ १ गते,यसपटक रथको स्वरुप फेरिदै

<span class='c1'>विराटनगरको ऐतिहासिक रथयात्रा भदौ १</span> <span class='c2'>गते,यसपटक रथको स्वरुप फेरिदै</span>

प्रेम देवान

विराटनगर । विराटनगरमा भदौ १ गते निकालिने यसपटकको रथको बनावट र स्वरुप फरक देखिने भएको छ । यसपटकदेखी रथलाई आकर्षक ढंगले निर्माण गरी विगतको भन्दा फरक बनाईने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी दिने क्रममा भदौ १ गते आईतबार अपरान्ह ३ः३० बजे रथयात्रा निकालिने भएको हो ।

 

छिमेकी राष्ट्र भारत तथा नेपालका कारीगरहरुद्धारा अहिले निर्माण कार्य धमाधम भईहरेका रथयात्रा मुल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नयाँ रथको उचाई यसपटक २१ फिट ३ ईन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहेको रेग्मीले बताउनुभयो । रथको अग्रभाग जुवाबाट १६५ फिट लम्बाईको डोरी दायाँ र १६५ फिट लम्वाईको डोरी बायाँ पट्टि फैलिएको छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरुले लठ्ठा तानी रथयात्रा संचालन गरिने भएको छ । नयाँ रथको निर्माण भईरहेको ८० प्रतिशत निर्माण कार्य समेत पुरा भईसकेको कार्यक्रममा जनाईएको छ । यसपटकको ५८ औं संस्करण सम्पन्न गर्न १ हजार १ सदस्यि मूल समारोह समिति गठन गरिएको छ ।

 

दक्षिण एशियाकै दोश्रो ठुलो रथयात्राका रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रा ब्यवस्थित र भब्यरुपमा सम्पन्नगर्न श्री राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यिय मूल समारोह समिति गठन गरिएको छ । सोहि समितिको मातहत रहनेगरि १६ वटा उपसमितिहरु समेत गठन गरिएको छ । मन्दिर परिसरबाट प्रस्थान हुने रथ महानगरको ९ किलोमिटर क्षेत्रको परिक्रमा गर्ने क्रममा ४४ स्थानमा विश्राम गर्ने तालिका रहेको छ । यस्तै श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर वितरण गर्ने गरिएको १ लाख १ हजार राशीको पोखरमल राठी धर्म संस्कृति पुरस्कार यसबर्ष श्री परमार्थ सिंघिया आरती सेवा समितिलाई प्रदान गरिने आयोजक समितिले जनाएको छ । विक्रमसम्बत २०८८ सालदेखी शुरु भएको श्रीराधाकृष्ण खट्यात्रा २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरिएको थियो । खट्यात्रा शूरुआतबाट गणनागर्दा यसपटकको रथयात्राको ९४ औं महोत्सव हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्