विराटनगरकाे मेयरका लागि लालबाबु पण्डित? के हाे सत्यता

<span class='c1'>विराटनगरकाे मेयरका लागि लालबाबु</span> <span class='c2'>पण्डित? के हाे सत्यता</span>

एमालेका नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाफु बिराटनगर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न तयार रहेको बताएकाे भन्दै विभिन्न संचार माध्यममा समाचार बनेकाे छ ।

एमालेको स्थानीय नेतृत्वले पण्डितलाई मेयरमा चुनाव लड्न आग्रह गरेपछि उनी तयार बनेकाे समेत ति संचार माध्यममा खबर अाए । यस बारेमा उनी सामान्य प्रशासन मन्त्री हुँदा ताकाका स्वकीय सचिव तथा युवा नेता वसिम अालमले भने पार्टीमा चर्चा चले पनि उनले नमानेकाे जानकारी गराएका छन् । 'पार्टीका केहिबाट कुरा अाइरहेकाे छ ।', अालमले थपे ।

के भन्छन् लालबाबु पण्डित ?

[caption id="attachment_30920" align="aligncenter" width="602"] फाइल तस्विर: अनलाइन[/caption]

यस विषयमा अावर विराटनगर टाेलीले पुर्व मन्त्री पण्डितलाइ टेलिफाेन सम्पर्क गर्दा उनले अाफु मेयरकाे उम्मेदवारी दिने कुरा अहिलेलाइ हल्ला मात्र भएकाे बताए । 'बाहिर छलफल चल्नु स्वभाविक हाे तर पार्टीमा यसबारे कुनै अाधिकारीक निर्णय भएकाे छैन ।' पण्डितले भने, 'अरू युवा साथीहरू नी अाकाँक्षिकाे रूपमा हुनु हुन्छ । सबैकाे सम्भावनाका बारे छलफल हुनु पर्छ ।'

विभिन्न पत्रपत्रिका र अनलाइनमा अाएकाे समाचारमा भने उनले 'सबैकाे खण्डन गर्नु पर्छ भन्ने अावश्यक्ता म ठान्दिन' ।

उनले अाफु विराटनगरलाइ महानगरपालिका बनाउने अभियानमा लागेकाले त्यसमा बढि समय दिने बताए । साथै उनले हालसम्म अाफुले पार्टीले दिएकाे हरेक जिम्मेवारी पुरा गरेकाेले 'भविष्यमा अाफुलाइ पार्टीले दिने हरेक जिम्मेवारी समेत पुरा गर्ने' भन्दै मेयरकाे उम्मेदवारीलाइ पुर्ण रूपमा भने नकारेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्