किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था छैन : मन्त्री अधिकारी

<span class='c1'>किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने</span> <span class='c2'>अवस्था छैन :  मन्त्री अधिकारी</span>

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले  नेपाल सरकारले छुट्याइएको बजेट अनुसार चालु आर्थिक बर्षमा ९८ प्रतिशत रासायनिक मल आयात भएको बताएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बोल्दै विगतको १० बर्षको अवस्था हेर्दा आयातमा सन्तोष मान्न नसकिएपनि यसबर्षको क्रियाशीलताले आयात बढाउन सकिएको बताए । तर हालको बजेटले किसानलाई प्रर्याप्त मल उपलब्ध गराउन नसकिने बताए ।

उनले कृषिमा केही परिर्वतन गर्न सक्यो भने राम्रो गरेको आभास हुने बताए । उनले अन्य बालीलाई मलको प्रयोग गरेता पनि कोदोलाई रासायनिक मलको प्रयोग गर्न नपर्ने बताएका हुन् । उनले भने, यो गर्छु त्यो गर्छु भन्दा पनि हामीले कृषिमा केहि परिर्वतन गर्न सक्यो भने केही राम्रो गरेको आभास हुन्छ । होइन भने त्यो आभास पनि हुन्न ।

नेपाल सरकारले छुट्याइएको बजेट पर्याप्त छैन तर यस पटक ९८ प्रतिशत रासायनिक मल आयात भएको देखिन्छ । विगत १० बर्षलाई हेर्दा यत्तिको क्रियाशीलता कतै भएको थिएन ।’ दुई छाक भात खानु भनेको रोग निम्त्याउनु रहेको भन्दै अधिकारीले कोदोजन्य परिकार बनाएर खान सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्